काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटाको सातो जाने गरी आफना बिचार ब्यक्त गरेका छन । उनको बिचार बाहिर आए पछि सत्ता गठबन्धनमा तरंग उत्पन्न भएको छ । ओलीले सबै भन्दा बढी सापकोटाप्रति आक्रोश पोखेका छन्। युवा संघको कार्यक्रमलाई सम्बोधन गर्दै एमाले विभाजनमा भूमिका खेलेको भन्दै उनले सोमबार असन्तुष्टी व्यक्त गरेका हुन् ।
ओलीले भने, ‘एमाले विभाजनको लागि सरकारले संसद अन्त्य गरेर अध्यादेश ल्याउँछ। निर्वाचन आयोग त्यहीअनुसार काम गर्छ। यता सभामुख पार्टीले गरेको कारबाही रोक्छ। सेटिङ सेटिङ भन्थे यस्तो पो रहेछ ।
सभामुखले एमाले विभाजन गर्नकै लागि मतियार बनेर भूमिका खेलेको आरोप उनले लगाए। आक्रोश पोख्दै ओलीले भने, ‘पार्टीले गरेको कारबाही ९ दिनसम्म सभामुख विचाराधीन छ भन्छ। सभामुखले विचार गर्नुपर्ने छैन। भित्तामा टाँस्ने हो। यो सब जालझेल हो। जाली फटाहाहरूका दिन अब गए।’ संसद बैठकमा आफ्नो पार्टीका तर्फबाट सभामुखलाई प्रश्न गर्ने उनले बताए।
‘पर्सि हामी सोध्छौँ, हामीले सोध्नै पर्छ। तपाईं सभामुख हो कि गठबन्धनको मतियाररु पार्टीको कार्यकर्ता हो कि एमालेविरुद्ध जालझेल गर्ने मोहोरारु त्यो हामीले सोध्नुपर्छ,’ ओलीले भने।
प्रमुख प्रतिपक्षी पार्टी फुटाउन षडयन्त्रको भागीदार बनेर सापकोटाले निष्पक्ष सभामुखको भूमिका निर्वाह नगरेको आरोप पनि उनले लगाए। सभामुखले आफ्नो भूमिका निर्वाह नगरेर गठबन्धनको प्यादाको रूपमा काम गरेको उनको आरोप थियो।
ओलीले भने, ‘संसद सुरु भएपछि भन्छु, यो अधिनायकवादको पराजय हो भन्छु। सभामुखलाई कुनै कुरा थाहा छैन। त्यस्तो मान्छे सभामुखको कुर्सीमा विराजमान छ। कस्तो दुर्भाग्य यो देशको, लडेर बलिदान दिएर यत्रो सिस्टम ल्याइयो। त्यो सिस्टमको टुप्पा टुप्पामा हेर्नुस् त कस्ता मान्छे छन्रु’
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend