धनगढी । नेकपा एमाले बिभाजन भए पछिको अकंगणीतमा सुदूरपश्चिम प्रदेश सभामा नेकपा एकीकृत समाजवादी पार्टी सबैभन्दा ठूलो दल बनेको छ। उसको पक्षमा सनाखत गर्ने सांसदको संख्या १४ पुगेको छ।
सोमबार थप १ जना प्रदेश सभा सदस्यले माधब कुमार नेपालले नेतृत्व गरेको नेकपा एकीकृत समाजवादीका पक्षमा सनाखत गरेका छन्। आज सनाखत गर्नेमा सांसद माया तामाङ बोहरा रहेकी छन्। उनी विगतमा नेकपा एमाले ओली पक्षमा रहँदै आएकी थिइन्।
उनले आज प्रदेश निर्वाचन आयोगको कार्यालय धनगढी पुगेर सनाखत गरेकी हुन्। यसअघि १३ जना सांसदले सो दलका पक्षमा सनाखत गरिसकेका छन्।
एमाले अध्यक्ष के पी शर्मा ओली नै झस्किने गरी सबै भन्दा बढि एमालेलाई धक्का लागेको छ ।
अब सुदूरपश्चिम प्रदेश सभामा माओवादी सांसदहरुको संख्या १३ रहेको छ। यस्तै नेपाली कांग्रेसका १२ , एमालेका ११ जना र जसपाका २ जना प्रदेश सभा सदस्य छन्।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend