शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

रुकुमपूर्वमा नेपाली कांग्रेसको वडा अधिवेशन सम्पन्न, सबै वडामा सर्वसम्मतबाट नेतृत्व चयन

रुकुमपूर्वमा नेपाली कांग्रेसको वडा अधिवेशन सम्पन्न, सबै वडामा सर्वसम्मतबाट नेतृत्व चयन

 

 

रुकुमपूर्व । रुकुमपूर्वमा नेपाली कांग्रेसको १४ औं वडा अधिवेशन सम्पन्न भएको छ। भदौ १८ गतेदेखि सुरु गरिएकोमा अधिवेशन सोमबार सकिएको हो।

रुकुमपूर्वमा तीन स्थानीय तह पुथाउत्तरगंगा गाउँपालिकामा १४, भूमे गाउँपालिकामा नौ र सिस्ने गाउँपालिकामा आठ गरी ३१ वटा वडा रहेका छन्। सबै वडामा सर्वसम्मतबाट वडा कार्यसमितिको नेतृत्व चयन भएको नेपाल महिला संघ जिल्ला सभापति सरिता बुढाथोकीले जानकारी दिइन्।

अधिवेशनले वडाबाट प्रतिनिधित्व गर्ने क्षेत्रीय प्रतिनिधि प्रत्येक वडाबाट १६ जनाका दरमा चयन गरिएको छ। जिल्लाभरमा पार्टीको क्रियाशील सदस्य एक हजार २७२ जना रहेका छन्। स्थानीय तहको अधिवेशन यही भदौ २७ गते र जिल्ला अधिवेशन असोज ५ गते हुनेछ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend