काठमाण्डौं । अर्थमन्त्री जनार्दन शर्मा पुँजी बजारमा देखिएको पछिल्लो परिस्थितिलाई सहज बनाउन एक्सनमा उत्रिएका छन । राष्ट्र ब्यांकद्धारा जारी मौद्रिक नीति र निर्देशिकापछि पुँजी बजार लगातार ओरालो झरेपछि अर्थमन्त्री जनार्दन शर्माले सोमबार गभर्नर महाप्रसाद अधिकारीसँग टेलिफोनमा कुराकानी गरेका छन्।
कुराकानीका क्रममा अर्थमन्त्री शर्माले पुँजी बजारमा देखिएको पछिल्लो परिस्थितिलाई सहज बनाउन गभर्नर अधिकारीलाई आग्रह गरिएको मन्त्रालयद्धारा जारी विज्ञप्तिमा उल्लखे छ। “मन्त्री शर्माले कहाँ के सुधार गर्नुपर्ने हो त्यो गरेर पुँजी बजारको समस्या समाधान गर्न गभर्नरलाई भन्नु भएको छ,” विज्ञप्तिमा भनिएको छ।
जवाफमा गभर्नर अधिकारीले आवश्यक प्रक्रिया मिलाई परिस्थिति सहज बनाउन प्रयास गर्ने प्रतिवद्धता जनाएका छन्। गत सातादेखि शेयर बजार परिसूचक नेप्से लगातार ओरालो झरिरहेको छ। आइतबार एकैदिन नेप्से १०८ अंकले घटेको थियो।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend