शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

एमसीसीबारे यसो भन्छन् पूर्वसभामुख कृष्णबहादुर महरा !

एमसीसीबारे यसो भन्छन् पूर्वसभामुख कृष्णबहादुर महरा !

 

 

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का प्रवक्ता तथा पूर्वसभामुख कृष्णबहादुर महराले अहिले पाँच दलको गठबन्धनबाट सरकार रहेपनि मन्त्रिपरिषद विस्तार नहुँदा फुल फेजमा काम हुन नसकेको टिप्पणी गरेका छन । उनले मुलुकमा अर्को जटिल परिस्थिति आएको बताए । संसदमा विचाराधीन रहेको एमसीसी पारितका लागि तयारी भइरहेको बेला महराले यस्तो बताएका हुन् ।

सोमबार राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा भएको भेटघाट कार्यक्रममा बोल्दै महराले एमसिसिलाई लक्षित गर्दै भने, ‘अहिले मुलुकमा अर्को परिस्थित आएको छ। तर, अहिले पनि जटिल छ।’

महराले प्रतिनिधिसभाको भदौ २३ गते सुरु हुने अधिवेशनबाट नयाँ बजेट आउने पनि बताए । यही अधिवेशनबाट नयाँ बजेट ल्याउने तयारी भएको उनको भनाइ छ ।
‘२३ गते अधिवेशन छ। यही अधिवेशनबाट नयाँ बजेट आउँदैछ,’ महराले भने, ‘नयाँ बजेटको तयारी हुँदैछ। नयाँ बजेटमा अस्पताललाई के गर्न सक्छौं, सल्लाह सुझाव दिनुहोस्। भौतिक सुधार, जनशक्ति व्यवस्थापनमा सहयोग गर्ने कुरामा म तयार छु।’
महराले स्वास्थ्य क्षेत्रमा राज्यले पुरै दायित्व बहन गर्ने सक्ने अवस्था नरहेको भन्दै राप्ती प्रादेशिक अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा विनोद सिंहमाथि भएको दुर्व्यवहारको बिरोध गर्दै दोषीलाई कडा कारबाही गर्न माग समेत गरे ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend