सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

मलेशियाका लागी बन्द भएको रोजगारी तत्काल नखुलाउने श्रम मन्त्रीको संकेत

मलेशियाका लागी बन्द भएको रोजगारी तत्काल नखुलाउने श्रम मन्त्रीको संकेत


श्रम तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले तत्काल मलेसियामा बन्द भएको रोजगारी नखोल्ने संकेत गरेका छन् । बजेट छलफलमा आफ्नो मन्त्रालयबारे उठेका प्रश्नको जवाफ दिँदै मन्त्री बिष्टले मलेशिया जाने नेपाली युवाहरुलाई भीएलएन, बायोमेटिक मेडिकल माइग्रामजस्ता संस्था खडा गरी ठगी भइरहेकाले गैर कानुनी प्रक्रियाबाट रकम असुल गर्ने र संस्थाहरुमाथि अघि बढेको कारबाही पनि नरोकिने बताए ।

रोजगारीमा जाने युवाहरुको श्रम माथी राज चलिरहेको भन्दै यस्तो प्रवृत्तिको अन्त्य गरिने उनको भनाई थियो । एक वर्षको अवधिमा वैदेशिक रोजगारीमा रहेका ४ सय ७७ जनाको मृत्यु भएको मन्त्री विष्टले संसदमा जानकारी गराएका छन् ।हालसम्म वैदेशिक रोजगारीका क्रममा ६ हजार ६ सय ५९ जना नेपालीले ज्यान गुमाएको उनले बताए । ७ वर्षयता गन्तव्य मुलुकका अस्पतालमा २३ जना श्रमिकहरु कोमामा रहेका र ३३५ जना श्रमिक जेल र हिरासतमा रहेको जानकारी दिँदँै विदेशी जेलमा रहेका नेपालीहरुको कानुनी प्रतिरक्षा सरकारले गर्ने बताए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend