जनकपुरधाम । प्रदेश नम्बर–२ मा माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)मा थप दुई सांसदले सनाखत गरेका छन् । आइतबार प्रदेश निर्वाचन कार्यालय जनकपुरधाम पुगेर सीता गुरुङ र सुन्दरबहादुर विश्वकर्माले सनाखत गरेका हुन् । यसअघि, ११ सांसदले सनाखत गरेका थिए ।
प्रदेश–२ मा नेकपा ९एमाले०का २१ जना सांसद रहेकोमा एकीकृत समाजवादीमा हालसम्म १३ जना सांसदले सनाखत गरेका छन् । योसँगै यहाँ एमालेभन्दा एकीकृत समाजवादी बलियो भएको छ । एमालेसँग अब आठ प्रदेश सांसद मात्र बाँकी भएका छन् ।
आज सनाखत गरेका दुवै सांसद गएको बिहीबार वीरगन्जमा भएको एमाले प्रदेश कमिटीको बैठकमा सहभागी थिए ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend