काठमाण्डौं । सुनको मूल्यमा आइतबार केही वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुन प्रतितोला ६ सयले बढेर ९१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि शुक्रबार छापावाला सुन तोला ९० हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार रुपैयाँ रहेको छ ।
त्यसैगरी चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले बढेर प्रतितोला १ हजार २३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend