काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एकीकृत समाजवादी) दर्ता अवैधानिक भन्दै सर्वोच्च अदालतमा दर्ता गरेको रिटको सुनुवाइ आज हुँदै छ।
अध्यक्ष ओलीले निर्वाचन आयोग र सभामुखविरुद्ध दायर गरेको रिटको सुनुवाइ प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराको इजलासमा हुने भएको हो।
गैरकानूनी रुपमा एमाले विभाजन गरेर बनेको नेकपा एकीकृत समाजवादीलाई दलको मान्यता दिएको भन्दै ओलीले बुधवार सर्वोच्चमा रिट दायर गरेका थिए ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend