फाइल फोटो
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौं उपत्यकामा मेलम्चीको खानेपानी ल्याउन एमाले नै चाहिने दावी गरेका छन् ।
शनिबार काठमाडौं महानगरपालिकास्तरीय कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले एमालेबाहेक अरुले मेलम्चीको पानी ल्याउन नसक्ने बताएका हुन् ।
ओलीले अहिलेको सरकारले मेलम्चीको पानी काठमाडौं ल्याउन नसक्ने बताउँदै भने ‘चुनावपछि एमाले जितेर आउँछ र मेलम्ची ल्याउँछ । एमाले चाहिन्छ मेलम्ची ल्याउन अरुले ल्याउन सक्ने छैन ।’
मेलम्चीमा बाढीले क्षति गरिसकेपछि पनि आफू नेतृत्वको सरकारले आउँदो वैशाखसम्म पानी ल्याउने तयारी गरेको भन्दै ओलीले यो सरकारले वैशाखमा पानी ल्याउन नसक्ने जिकिर गरे ।
आफू नेतृत्वको सरकारले मेलम्ची जाने सडक मर्मतमा बजेट विनियोजन गरेको तर अहिलेको सरकारले काटेको ओलीको भनाई छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend