काठमाण्डौं । नेकपा एमाले जुम्लाका पदाधिकारीसहित ५८ जनाले नेकपा एकिकृत समाजवादी पार्टी रोजेका छन् ।
जिल्लामा गरिएको पत्रकार भेटघाटमा अध्यक्ष तिर्थ बुढा, उपाध्यक्ष नन्दबहादुर रोकाया, सचिव आदी प्रसाद न्यौपाने, उपसचिव राजबहादुर खत्री सहितका ६१ जना जिल्ला सदस्यहरु मध्ये तीन जनाबाहेक अन्य सबैले नेकपा एकिकृत समाजवादी पार्टी रोजेको जानकारी गराइएको छ ।
पत्रकार भेटघाटमा जारी गरिएको विज्ञप्तिमा प्रदेशसभा सांसद पदम रोकाया, नगरपालिकामा जितेका सवै वडाध्यक्षहरुको निर्वाचन आयोगमा सनाखत भइसकेको र अन्य जनप्रतिनिधिहरुले भाद्र २२ गतेसम्म सनाखत गर्न आह्वान गरिएको छ ।
पत्रकार भेटघाटमा प्रदेशसभा सांसद पदमबहादुर रोकायाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको दम्भ र माधव नेपाललाई गरिएको तिरस्कारले आफूहरु नेकपा एकिकृत समाजवादीमा लाग्न वाध्य भएको बताए ।
उनले हिजो एउटा पनि प्रदेशमा माधव नेपाल पक्षकालाई मुख्यमन्त्री दिन नचाहने घमण्डले ओली आफैँ कमजोर भएको बताए ।
नेकपा एमाले जुम्लाका उपाध्यक्ष नन्दराम रोकायाको अध्यक्षतामा गरिएको पत्रकार भेटघाटमा ओली प्रवृत्ति राम्रो नभएको भन्दै नेकपा एकिकृत समाजवादी पार्टीमा जुम्लामा आफूहरु लागेको घोषणा गरे । अध्यक्ष तिर्थ बुढा भने उपचारको क्रममा काठमाडौं रहे पनि समर्थन रहेको जनाइएको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend