शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

काठमाडौँबाट अर्घाखाँची जाँदै गरेको हाइस शितगंगा नगरपालिका– ३ बरबोटमा दुर्घटना

काठमाडौँबाट अर्घाखाँची जाँदै गरेको हाइस शितगंगा नगरपालिका– ३ बरबोटमा दुर्घटना

 

 

अर्घाखाँची । शनिवार बिहान अर्घाखाँचीको शितगंगा नगरपालिका– ३ बरबोटमा हाइस दुर्घटना भएको छ । उक्त दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् ।

 

मृत्यु हुनेमा भूमिकास्थान नगरपालिका–९ का अन्दाजी ३२ बर्षीय सञ्जय बिक छन् ।

काठमाडौँबाट अर्घाखाँची आउँदै गरेको बा ३ ख ८६३९ नम्बरको हाइस शितगंगा–३ को बरबोटमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो ।

अर्घाखाँचीका जिल्ला प्रहरी प्रमुख डिएसपी अम्मर थापा क्षेत्रीका अनुसार हाइस सडकबाट करिब सय मिटर तल खसेर दुर्घटना भएको हो ।

प्रहरीका अनुसार घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ । गम्भीर घाइते २ जना र अन्य ३ जना गरी ५ जनालाई उपचारका लागि बुटवल पठाइएको छ ।

अन्य ६ जनाको अवस्था सामान्य रहेको छ । घटनास्थलमा ठाडा ईलाका प्रहरी कार्यालयको टोली पुगेको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend