काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रजातन्त्रलाई सुदृढ बनाउन पार्टी बलियो बनाउनुपर्ने आवश्यकता रहेको बताएका छन । शुक्रवार भक्तपुर सूर्य विनायक नगरपालिका ५ कटुन्जेमा वडा अधिवेशनको उद्घाटन कार्यक्रममा देउवाले यस्तो बताएका हुन । उनले एमाले सांसद महेश बस्नेतलाई आफूलाई होइन, आफ्नो भक्तपुर पार्टीका सभापतिलाई हराएर देखाउन चुनौति समेत दिएका छन्।
प्रधानमन्त्री देउवाले आफूलाई होइन, आफ्ना जिल्ला सभापति दुर्लभ थापालाई हराएर देखाउन भनेका हुन्। यसअघि महेश बस्नेतले देउवालाई उठे, हराएर देखाउने अभिव्यक्ति दिएका थिए।
आजबाट कांग्रेसको वडा अधिवेशन सुरु भएको छ। कांग्रेसको १४ औं महाधिवेशनमा सबैलाई एकवद्ध भएर लाग्न समेत देउवाले आग्रह गरे। प्रधानमन्त्री देउवाले आगामी निर्वाचनमा पार्टीलाइ बहुमत प्राप्त पार्टी बनाउनुपर्ने बताए।
ुयसमा उत्साहका साथ भाग लिनुहोला। पार्टीलाइ सशक्त बनाएर आगामी निर्वाचनमा हाम्रो बहुमत प्राप्त गर्न सक्ने पार्टी बनाउनु छ,ु प्रधानमन्त्री देउवाले भने। संवैधानिक वाध्यता भएकाले पनि कोभिड संक्रमणको समयमा महाधिवेश गर्नु परेको देउवाले बताएका थिए। त्यसैले कोभिड प्रोटोकल प्रयोग गर्न सबै नेता तथा कार्यकर्तालाई निर्दैशन समेत दिए।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend