फाइल
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले पार्टीलाई कस्तो नेतृत्व दिने र कुन बाटोमा हिँडाउने भन्ने निर्णय दिने ठाउँ वडा अधिवेशन भएको बताएका छन्।
आजदेखि कांग्रेसले वडा अधिवेशन गर्दैछ। अधिवेशन सुरू हुनै लाग्दा आफ्ना धारणा राख्दै थापाले क्रियाशील सदस्यहरूले पार्टीलाई कस्तो नेतृत्व दिने र कुन बाटोमा हिँडाउने भन्ने निर्णय दिने बताए।
‘वडा पार्टी संरचनाको आधारभूत तह मात्र होइन। यो पार्टीलाई कुन बाटो हिँडाउने र कस्तो नेतृत्व दिने भनेर लाखौँ क्रियाशील सदस्यले निर्णय गर्ने मूल ठाउँ पनि हो,’ थापाले भनेका छन्, ‘सम्पूर्ण क्रियाशील साथीहरूलाई उत्साहपूर्वक यो प्रक्रियामा सहभागी हुन अनुरोध गर्दछु।’
थापाले मंसिरमा हुने १४ औं केन्द्रीय महाधिवेशनमा महामन्त्री पदमा चुनाव लड्ने घोषणा गरिसकेका छन्।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend