शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

तीन लाख घुस लिएको आरोपमा २ माओवादी कार्यकर्ता पक्राउ

तीन लाख घुस लिएको आरोपमा २ माओवादी कार्यकर्ता पक्राउ

 

 

काठमाडौं । प्रहरी हिरासतमा रहेका जुवाडेलाई छुटाइदिने भनेर घुस लिएको आरोपमा नेकपा माओवादी केन्द्रका दुई जना कार्यकर्ता पक्राउ परेका छन ।

पक्राउ पर्नेमा कालिकोट घर भएका तिलक बहादुर उपाध्याय र रोल्पाका दत्त बुढा छन्। उपाध्याय माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य हुन्। रोल्पा घर भएका दत्त पूर्व विद्यार्थी नेता हुन्।

महानगरीय प्रहरी वृत्त स्वयम्भूको हिरासतमा रहेका जुवाडेहरूलाई छुटाउँछौँ भनेर उनीहरूले ३ लाख घुस लिएको अनुसन्धानबाट खुलेको काठमाडौं परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक अशोकबहादुर सिंहले जानकारी दिए।

जुवा खालबाट पक्राउ परेकाहरूसँग उनीहरुले सिडियो, डिएसपी र सरकारी वकिललाई मिलाउनुपर्छ भनेर ३ लाख घुस लिएको प्रहरीले जनाएको छ। बुधबार पक्राउ परेका उनीहरूलाई अनुसन्धानका लागि जिल्ला अदालतबाट सात दिन म्याद थपिएको सिंहले जानकारी दिए। घटनाबारे महानगरीय प्रहरी वृत्त स्वयम्भूले अनुसन्धान गरिरहेको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend