काठमाडौं । नेकपा (एमाले) का प्रभावशाली युवा नेता सूर्य थापाले नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधव कुमार नेपालको अब हरिबिजोग हुने बताएका छन् । उनले माधव नेपालले पार्टी विभाजन गरेर अपराधपूर्ण कार्य गरेको पनि टिप्पणी गरेका छन् ।
सामाजिक सञ्जाल फेशबुकमार्फत उनले यस्तो धारणा राखेका हुन् । उनले पार्टी फुटाएर हिंडेका वामदेवको प्रधानमन्त्री हुने संभावना सधैका लागि सकिएको पनि उल्लेख गरेका छन् । त्यस्तै, अशोक राई र राजेन्द्र श्रेष्ठ त मधेसी पार्टीमा पुगेर अंगिकृत नागरिकजस्तो हुन पुगेको उनको भनाई छ । उनले भनेका छन्,‘अब देख्न बाँकी माधव कु नेपालको हरिबिजोग मात्रै रहेको छ।’

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend