यातायात क्षेत्रमा रहेको सिण्डिकेट हटाउने र समयमा काम नगर्ने निर्माण ठेकेदार माथि कडा रुपमा उत्रिए पछि गृहमन्त्री रामबहादुर थापा चर्चामा छन् । साथै उनले एनजिओ आईएन जिओका काम कारबाही माथि पनि बिशेष निगरानी सुरु गरिरहेका छन् । यस्तै गृहमन्त्री थापाले लागूऔषध विरुद्धको अभियानलाई आन्दोलनकै रुपमा लिने उदघोष गरेका छन् ।
ललितपुरमा लागूऔषध दुरुपयोग तथा ओसारपसारविरुद्धको अन्तराष्ट्रिय दिवसको अवसरमा आयोजित कार्यक्रममा गृहमन्त्री थापाले केही समयपछि गृहमन्त्रालयले वडास्तर देखिनै लागूऔषध निषेध र मदिरा नियन्त्रण अभियानलाई आन्दोलनकै रुपमा लैजाने उनको भनाई छ । ‘लागूऔषध निषेध र मदिरा नियन्त्रणको आन्दोलन सरकार एक्लैको प्रयास वा नेताको प्रयासले मात्रै नसकिने भन्दै जनताको साथ पनि आवश्यक रहेको औलाए ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend