शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

काठमाडौंको निषेधाज्ञा लम्बियो, विद्यालय खोल्न नपाइने (आदेशसहित)

काठमाडौंको निषेधाज्ञा लम्बियो, विद्यालय खोल्न नपाइने (आदेशसहित)

 

 

काठमाडौं । काठमाडौंमा जारी निषेधाज्ञा भदौ मसान्तसम्म थप गरिएको छ । कोभिड १९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ को दफा ४ र स्थानीय प्रशासन ऐन, २०२८ को अधिकार प्रयोग गरी भोलिबाट लागू हुनेगरी निषेधाज्ञा लम्ब्याइएको हो । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीद्वारा जारी आदेशमा शैक्षिक संस्थाहरू भौतिक उपस्थितिमा पठनपाठन गर्न नपाउने उल्लेख छ ।

सरकारले जारी गरेको स्मार्ट लकडाउनको प्रावधानभित्र रही स्थानीय तहहरूले डीसीसीएमसीसँग समन्वय गरी विद्यालय संचालन गर्न सकिने आदेशमा उल्लेख छ ।

उपत्यकामा केही स्थानीय तहले निर्णय गरेर भौतिक उपस्थितिमा विद्यालय संचालन गर्न थालेपछि प्रशासनले यसलाई कडाइ गरेको हो ।

अनावश्यकरूपमा मानिसहरू जम्मा हुने, भीडभाड गर्ने, सभा जुलुस गर्ने, जात्रा महोत्सव, भोजलाई प्रतिबन्ध लगाइएको छ । चाडपर्वहरू स्वास्थ्य मापदण्ड पालना गरी भीडभाड नगरी मनाउन आदेशमा भनिएको छ ।

 

 

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend