शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

देउवाले तत्काल मन्त्रिपरिषद् विस्तार नगर्ने

देउवाले तत्काल मन्त्रिपरिषद् विस्तार नगर्ने

 

काठमाण्डौं । प्रधानमन्त्री शेरबहादुर देउवाले तत्काल मन्त्रिपरिषद् विस्तार नगर्ने भएका छन् । उनले यसका लागि अब कम्तिमा पनि दुई साता कुर्ने संकेत देखाएका छन् ।

नेपाली कांग्रेसका एक नेताका अनुसार अहिले देउवाले मन्त्रिपरिषद् विस्तार गर्दा पार्टीहरु थप फुट्न सक्ने सम्भावना बढेको छ । यसअघि देउवा सरकारले राजनीतिक दल विभाजनका लागि सहज हुने गरि अध्यादेश ल्याएको थियो ।

पहिले यो अध्यादेशलाई फिर्ता लिने र त्यसपछि मात्र मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा देउवा लागेको ती नेताको दाबी छ ।

‘२२ भदौसम्म अध्यादेशको आवश्यकता पनि सकिएको हुन्छ,’ ती नेताले भने, ‘त्यसको केही दिनमा अध्यादेश फिर्ता लिने अनि बल्ल मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा प्रधानमन्त्री हुनुहुन्छ ।’

यसअघि राजनीतिक दल विभाजनका लागि ल्याइएको अध्यादेशको आधारमा नेकपा एमाले र जनता समाजवादी पार्टीबाट छुट्टिएर माधवकुमार नेपालले नेकपा एकीकृत समाजवादी र महन्थ ठाकुरले लोकतान्त्रिक समाजवादी पार्टी दर्ता गरेका छन् ।

प्रदेश र स्थानीय तहमा यी नयाँ पार्टीमा प्रतिनिधिहरुलाई २२ भदौसम्मको समय दिइएको छ ।

‘त्यसपछि यही आकारको मन्त्रिपरिषद् बैठकबाट अध्यादेश फिर्ता लिइन्छ,’ ती नेताले भने, ‘अनि बल्ल देउवाले मन्त्रिपरिषद् विस्तार गर्नेछन् ।’ पहिले अध्यादेश फिर्ता नलिए जनता समाजवादी पार्टी र नेपाली कांग्रेस नै पनि फुट्न सक्ने अनुमान गरेर देउवाले यो रणनीति अपनाउन खोजेको ती नेताले बताए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend