शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

माधव नेपाल र उपेन्द्र यादब बीच विवाद उत्पन्न, सत्ता गठबन्धनमा संकट !

माधव नेपाल र उपेन्द्र यादब बीच विवाद उत्पन्न, सत्ता गठबन्धनमा संकट !

फाइल तस्बिर

 

काठमाडौँ । शक्तिशाली मन्त्रालय कसले पाउने भन्नेमा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधब नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादब बीच विवाद उत्पन्न भएको छ। सत्ता गठबन्धनमा कुन दललाई कति र कुन मन्त्रालय दिने भन्नबारे टुंगो लगाउन नसकेर शीर्ष नेताहरु त्यसको सहमतिमा नपुगी उठेका छन्।

मंगलबार बिहान बालुवाटामा भएको बैठकमा सहभागि एक नेताका अनुसार समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय आफ्नो पार्टीलाई दिनु पर्ने माग गरेका हुन्।

तर जसपाका अध्यक्ष उपेन्द्र यादवले त्यसमध्ये एक समाजवादीलाई, एक मन्त्रालयल आफूलाई मिल्नु पर्ने अडान राखेका छन्। शक्ति सन्तुलन मिलाउने हो भने यी दुवै मन्त्रालयल समाजवादीलाई दिन नहुने तर्क यादवले अघि सारेपछि नेपालले त्यसमा असहमति जनाएका थिए। त्यसपछि फेरि यसबारे छलफल गर्ने भन्दै नेताहरु बैठकबाट उठेका छन्।

बैठकमा सहभागि ती नेताका अनुसार यसपटक मन्त्रालय बाँडफाँटका क्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई देखाउनका लागि भएपनि यसपटक नेपालप्रति सहानुभूति देखाउने मुडमा खासगरी प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ छन्।

तर जसपाका अध्यक्ष यादवले गठबन्धनको सरकार सञ्चालनमा शक्ति सन्तुलन महत्वपूर्ण भएकाले त्यसैअनुसार आफूहरुले मन्त्रालयल पाउनु पर्ने अडान लिएका छन्।

कांग्रेसले प्रधानमन्त्रीसहित दुई मन्त्रालय लिइसकेको छ। माओवादीले पनि दुई मन्त्रालय लिइसकेको छ। अब कसलाई कति र कुन मन्त्रालय दिने भन्ने विषयको छिनोफानो गर्न पनि सत्ता गठबन्धनका नेताहरु असफल भइरहेका छन्। मंगलबार आफूहरु चार शीर्ष नेताहरु बसेर यसबारे टुंगो लगाउने दाबी प्रचण्डले सोमबारको आफ्नो पार्टी स्थायी कमिटी बैठकमा ‘बिफ्रिङ’ गरेका थिए।

देउवाले प्रधानमन्त्रीको सपथ खाएको डेढ महिना बित्दा पनि मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन्। मन्त्रालयको भागबण्डा टुंगो लाग्न नसक्दा दलहरुले कसलाई सरकारमा पठाउने भन्नेबारे पनि टुंगो लगाउन सकेका छैनन्।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend