काठमाण्डौं । नेकपा एमाले छाडेर नेकपा (एकीकृत) समाजवादीतिर लागेका प्रदीप नेपालले माधव नेपालको साथ छाडेको घोषणा गरेका छन्।
निर्वाचन आयोगमा नेकपा एकीकृत समाजवादी दल गठनका लागि सनाखतका लागि पुगेका नेपालले एक साता नबित्दै माधव नेपालले धोका दिएको भन्दै विदा मागेका हुन्।
मदन भण्डारीद्वारा प्रतिपादित बहुदलीय जनवादलाई अंगिकार गर्ने गरी आफूले माधव नेपाललाई साथ दिए पनि त्यस विषयमा धोका दिएकाले विदा लिएको उनले बताएका छन्।
ुमाधव कमरेड, म केपीसँग जान्न । किनभने तानाशाही प्रवृत्तिको म सधैँ विरोधी हुँु, उनले भने, ुतपाईँ पनि झेली कुरा गर्न सिक्नु भएछ। बारम्बारको कुराकानीमा मैले जबज हुँदैन भने मेरो नाम नलेख्नुस भनेको थिएँ। तर आखिरमा तपाईंबाट पनि मैले धोकाकै उपहार लिएर जानु पर्ने भो, विदा
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend