चितवनमा प्रहरी बनेर आएका दुई युवकबाट एक महिला बलात्कृत भएकी छन् । घुमुवा प्रहरी बनेर राति घरमा आएका दुई युवकले श्रीमानलाई कुटपीट गरी श्रीमतीलाई जंगलमा लगेर बलात्कार गरेको प्रहरीले जनाएको छ । गत बुधवार राति ती महिलाको घरमा पुगेका दुई युवकले आफूहरु घुमुवा प्रहरी भएको र एउटा घटनाको अनुसन्धानको सिलसिलामा लिन आएको भन्दै महिलाको श्रीमानलाई कुटपिट गरी श्रीमतीलाई जंगलमा लगेर बलात्कार गरेका थिए ।
पीडितको उजुरीको आधारमा प्रहरीले कालिका नगरपालिका ३ बस्ने २३ बर्षीय प्रितम थिङलाई पक्राउ गरेको छ भने अर्का अभियुक्त फरार छन् । फरार युवकको खोजी भइरहेको र पक्राउ परेकालाई जबरजस्ती करणीको मुद्धा दर्ता गरी अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएकोे छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend