काठमाडौं । नेकपा (एमाले)का तर्फबाट मुख्यमन्त्री भएकाहरुलाई सत्ता गठबन्धनले पदबाट हटाउने भएको छ। वाग्मती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य र प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यलाई पदबाट हटाउने गठबन्धनका नेताहरुले बताएका छन्।
एमालेबाट छुट्टिएर नयाँ दल नेकपा (एकीकृत समाजवादी) बनाएका नेता माधवकुमार नेपाललाई साथ नदिए उनीहरुलाई पदबाट हटाउने गठबन्धनको तयारी छ। एमाले विभाजन हुँदा शाक्य र आचार्यले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई साथ दिएका थिए ।
नेकपा (एकीकृत समाजवादी)का सांसद विरोध खतिवडाले एकीकृत समाजवादीमा नआए शाक्य र आचार्यलाई गठबन्धनले हटाउने जानकारी दिए। गठबन्धनमा सामेल भए मात्रै शाक्य र आचार्यको पद जोगिएन बताए।
दल विभाजन भएपछि स्वभावैले गठबन्धनकै मुख्यन्त्री बनाउने प्रयत्न हुनु स्वभाविक हो। अहिले बन्नुभएका मुख्यमन्त्रीहरु एकीकृत समाजवादीमा बस्नुभयो भने गठबन्धनले त्यही अनुसार सोच्छ नभए गठबन्धनले आफ्ना मुख्यमन्त्री ल्याउन प्रयत्न गर्छ, उनले भने।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend