शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

ओलीको नेतृत्वमा दरबारीया शक्तिहरु एकजुट भएको माधव नेपालको टिप्पणी

ओलीको नेतृत्वमा दरबारीया शक्तिहरु एकजुट भएको माधव नेपालको टिप्पणी

 

नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओलीको संविधान र लोकतन्त्रविरोधी शक्तिहरुसँग साँठगाँठ रहेको बताएका छनु ।

पेशागत महासंघ वागमती प्रदेश कमिटीद्धारा शनिबार आयोजित ललितपुर जिल्लास्तरीय भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले ओलीको नेतृत्वमा दरबारीया शक्तिहरु एकजुट भएको टिप्पणी गरेका हुन । ओलीको साथमा दरबारीय शक्तिहरुसँगै विदेशपरस्त, देशलाई टुक्रयाउँन चाहने, दक्षिणपन्थी, अवसरवादी शक्तिहरु एकताबद्ध भएको बताए ।

देशलाई विभाजन गर्ने शक्तिहरुको सहयोगमा ओलीले संविधान र लोकतन्त्रको विरोध गर्दै दुई–दुई पटक प्रतिनिधिसभा विघटन गरेको अध्यक्ष नेपालले उल्लेख गरे ।

तर संविधान र लोकतन्त्रको रक्षाका लागि ओलीको असंवैधानिक कदमको आफूहरले विरोध गर्दै आएको बताउदै नेपालले ओली प्रतिगमनको कदमबाट पछि नहट्ने र गरिएको सहमति कार्यान्वयन नगर्ने अडानमा रहेपछि अलग अलग बाटो समात्नुको विकल्प नभएको टिप्पणी गरे ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend