पटक पटक अवरुद्ध हुदै आएको नारायणगढ –मुग्लिन सडक फेरी अवरुद्ध बन्न पुगेको छ। मंगलबार बिहान करिब पाँच बजेतिर नारायणगढ–मुग्लिन सडक खण्डको चारकिलोको टोपी खोलामा पहिरो खस्दा सडक पूर्णरुपमा अवरुद्ध बन्न पुगेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। दुई दिनयता पानी परेसँगै सो सडकमा ठाउँठाउँमा पहिरो खसेपछि सडक अवरुद्ध हुने र खुल्ने क्रम जारी रहेको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend