बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

शिक्षक लाइसेन्सको परीक्षा मिति तोकिएको हो ? यसो भन्छन् आयोगका सूचना अधिकारी

शिक्षक लाइसेन्सको परीक्षा मिति तोकिएको हो ? यसो भन्छन् आयोगका सूचना अधिकारी

 

काठमाण्डौं । शिक्षक अध्यापन अनुमतिपत्रको परीक्षा लिने तयारी अघि बढेको छ । शिक्षक सेवा आयोगले शिक्षक अध्यापन अनुमतिपत्र (लाइसेन्स परीक्षा) मंसिरमा खोल्ने गरी परीक्षाको तयारी अघि बढाएको हो ।

आयोगका सूचना अधिकारी सुदर्शन मरहठ्ठाका अनुसार विषयगत र वस्तुगत प्रश्न तयार गर्नुपर्ने भएकाले लाइसेन्स परीक्षाका लागि समय लाग्ने हुँदा मंसिरअघि लाइसेन्स परीक्षा सञ्चालन हुने सम्भावना कम देखिएको हो ।

उनले भने,‘अहिले आयोगले कार्यतालिका निर्माण गरिरहेको र तत्काल लाइसेन्स परीक्षा सञ्चालन हुने सम्भावना छैन।’ श्रोतका अनुसार मङ्सिर तेश्रो साता लाइसेन्स परिक्षा लिने तयारी अनुसार काम शुरु भएको छ।

वार्षिक कार्यक्रमको कार्यतालिकाअनुसार स्थायी शिक्षकको विज्ञापनपछि मात्र लाइसेन्स परीक्षा गर्ने तयारी आयोगले अघि बढाएको हो ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend