शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

डा डीआर उपाध्यायले पारे विश्वलाई चकित, राखे फेरि थप सात विश्व कीर्तिमान

डा डीआर उपाध्यायले पारे विश्वलाई चकित, राखे फेरि थप सात विश्व कीर्तिमान

 

 

काठमाण्डौं । विश्व कीर्तिमानी गीतकार डा डीआर उपाध्यायले बिश्वलाई चकित पादै फेरि सात विश्व कीर्तिमान कायम गरेका छन । बिहीबार राजधानीमा आयोजित एक विशेष कार्यक्रममा पूर्व श्रम तथा रोजगार मन्त्री रामेश्वर राय यादवले उपाध्यालाई विभिन्न सात विश्व रकेर्ड हस्तान्तरण गरेका हुन ।

गीतकार संघका पूर्व अध्यक्ष चुडामणी देवकोटा, अन्तर्राष्ट्रिय साहित्य समाज (अनेसास)का पूर्व अध्यक्ष राधेश्याम लेकालीलगायतको आतिथ्यतामा भएको कार्यक्रममा उपाध्ययालाई सात विश्व रेकर्ड हस्तान्तरण गरिएको हो ।

उपाध्यायका सात नयाँ विश्व रकेर्डमा ४१ ओटा हेट र क्यापको शब्द प्रयोग गरिएको गीति कविता, ५३ फरक चरा र कुकुरको नाम समावेश गरिएको गीति कविता, ४३ शब्दको अन्त्यमा ‘यो’ प्रयोग गरिएको गीति कविता, ६० शब्द ‘हामी’ प्रयोग गरिएको गीति कविता, १७० फरक ब्राण्डका मोवाइलको नाम प्रयोग गरिएको गीति कविता, एकसय म्युजिक व्याण्डको नाम प्रयोग गरिएको गीति कविता र ६० गाडीको नाम प्रयोग गरिएको गीति कविता रहेका छन् ।

यि सात रेकर्ड उनलाई एभरेष्ट वल्र्ड रकेर्ड, एसियन वल्र्ड रेकर्ड, अमेरिकन बुक अफ रेकर्ड, युरोपियन रकेर्डस बुकलगायत १४ ओटा विश्व रेकर्ड प्रदान गर्ने संस्थाले दिएका हुन् ।

सो अवसरमा सङ्गीतकार सन्तोष श्रेष्ठ, गायक तथा सङ्गीतकार सागर अधिकारी ‘शरद’ र लेखक तथा पत्रकार कृष्ण भुसाललाई वल्ड बुक अफ रकेर्डका नेपाल प्रतिनिधि सागर कटुवालले वल्ड बुक अफ रकेर्ड युकेको अनर सम्मान प्रदान गरेका थिए ।

केही समय अघि एकैदिन ३६ विभिन्न राष्ट्रिय दैनिकमा एउटै शीर्षकमा लेख प्रकाशन गरेर उपाध्यायले गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम दर्ज गराएका थिए । । यो रेकर्ड राख्न सहयोगी भूमिका खेल्ने विभिन्न दैनिक र सञ्चार संस्थाका व्यक्तिहरूलाई पनि सो अवसरमा सम्मान गरिएको थियो ।

सञ्चारकर्मी नरेश भट्टराईले संयोजन गरेको उक्त कार्यक्रममा पूर्व मन्त्री यादवले उपाध्यायका यि कार्यले राष्ट्रकै गौरव बढाएको र विश्वमा नेपाललाई चिनाउने काम गरेको बताए । यस्तै अन्य अतिथिहरूले डा उपाध्यायका कार्यको प्रशंसा गर्दै अझ विश्व रकेर्ड थपिदै जाउन भन्दै बधाई तथा शुभकामना दिएका थिए । कार्यक्रम कोरोना संक्रमणबाट बच्नका लागि स्वास्थ्यको मापदण्ड पालना गर्दै गरिएको थियो ।

मैले कायम गरेको यो विश्व रेकर्ड नेपालको गौरव बढाउने उद्देश्यका लागि होे’, डा उपाध्यायले भने  । डा उपाध्यायले यसअघि गीतसंगीत तथा विभिन्न विधामा ५२ विश्व रेकर्ड कायम गरी नेपालको गौरव बढाएका छन । उपाध्यायका एक दर्जनजति उपन्यास प्रकाशित छन् भने तीन गीतिसङ्ग्रह प्रकाशित छन् । यस्तै उहाँका २४ एल्बमका सयौं गीत श्रोतारदर्शकमाझ रहेका छन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend