शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

मन्त्रिपरिषद बिस्तार कहिले हुन्छ ? बोलाए माधव नेपालले आकस्मिक पत्रकार सम्मेलन

मन्त्रिपरिषद बिस्तार कहिले हुन्छ ? बोलाए माधव नेपालले आकस्मिक पत्रकार सम्मेलन

 

फाइल फोटो
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले आकस्मिक पत्रकार सम्मेलनको आयोजना गर्ने भएको छ। अध्यक्ष माधवकुमार नेपालले केन्द्रीय सदस्यहरुको उपस्थितिमा दिउँसो २ बजे पत्रकार सम्मेलन हुने जानकारी दिए।

बुद्धनगरस्थित क्वालिटी बैकेटमा नेकपा समाजवादीले पत्रकार सम्मेलन गर्न लागेको हो। बुधवारमात्रै सो पार्टीले निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र पाएको थियो।
नेकपा (एकीकृत समाजवादी)ले नयाँ दल बनाएपछि पहिलो पटक पत्रकार सम्मेलन गर्न लागेका हो । मन्त्रिपरिषद बिस्तार कहिले हुन्छ ? यो सबैको चासोको बिषय बनेको छ । माधब नेपालका कारण मन्त्री परिषद बिस्तार हुन ढिला भइरहेको छ । दल दर्ता पछि तुरुन्त मन्त्रीपरिषदमा सामेल हुने नेपाल समूहले प्रतिक्रिया दिदै आएको थियो । अब दल दर्ता भइसकेकोले मन्त्रिपरिषदमा सामेल हुने नामावली टुंग्याउने गरी नेकपा (एकीकृत समाजवादी)  तिब्र रुपमा लागेको बुझिएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend