शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

नेकपा एमाले सचिव भीम आचार्यका भाइ मृत भेटिए

नेकपा एमाले सचिव भीम आचार्यका भाइ मृत भेटिए

 

 

विराटनगर । नेकपा एमाले सचिव भीम आचार्यका भाइ मृत भेटिएका छन् । आचार्यका भाइ ५९ वर्षीय रामप्रसाद आचार्य घरमै मृत भेटिएका हुन् ।

जिल्ला प्रहरी कार्यालय सुनसरी स्रोतका अनुसार बिहीबार बिहान उनी इनवरुवा नगरपालिका– ३ स्थित घरमा मृत भेटिएका हुन् ।

मृत भेटिएको सूचना पाएपछि प्रहरी टोली उनको घर पुगेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक सञ्जय थापाले प्रहरी टोली मृतकको घर पुगेको बताए । प्रहरी स्रोतका अनुसार उनी मृत भेटिएको कोठाको भित्रबाटै चुक्कुल लगाइएको छ ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend