काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले दल फुटाउन धोकापूर्ण ढंगले अध्यादेश ल्याएको आरोप लगाएका छन ।
बुधबार च्यासलमा आयोजित पत्रकार सम्मेलनमा उनले संविधानको मर्म र राष्ट्रिय आवश्यकता नभइ एमाले विभाजनको उद्देश्य राखेर अध्यादेश ल्याइएको बताएका हुन ।
आफूले सांसदलाई दिएको अधिकार व्यावहारिक ढंगले हल गर्न अध्यादेश ल्याएको बताए । उनले भने , ‘म प्रधानमन्त्री हुँदा पनि अध्यादेश आएको थियो । १२ बजे अन्त्य गर्ने र भोलिपल्ट बिहान अध्यादेश ल्याउने काम मेरो सरकारले गरेको थिएन, सांसदलाई दिएको अधिकार व्यावहारिक ढंगले हल गर्न अध्यादेश ल्याएको थिएँ ।’
अध्यादेश आफैंमा असंवैधानिक नभए पनि नियत गलत रहेको ओलीको टिप्पणी थियो । उनले भने , ‘पहिले जारी गरेको अध्यादेशको उद्देश्य, मनशाय, विधि, प्रक्रिया र नियतमा फरक छ । पहिलेको र अहिलेको अध्यादेश कानूनी राजनीतिक हिसाबले उस्तै होइन । सरकारले राजनीतिक पार्टीभित्र बदनियतका साथ प्रतिपक्षी पार्टी फुटाउने काम गरेको छ । यो अनैतिक कार्य हो।’
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend