शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

प्रदीप नेपाल पनि एकीकृत समाजवादीको पक्षमा उभिए

प्रदीप नेपाल पनि एकीकृत समाजवादीको पक्षमा उभिए

 

 

काठमाण्डौं । प्रदीप नेपाल पनि माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)को पक्षमा उभिएका छन्। २ भदौमा एकीकृत समाजवादी दर्ताका लागि निवेदन दिंदा केन्द्रीय सदस्यमा प्रदीप नेपालको नाम पनि थियो। तर पछि उनले नाम फिर्ता लिएको बताएका थिए। उनले एमालेमै रहने जनाएका थिए।

आज भने उनी एकीकृत समाजवादीको पक्षमा सनाखत गर्न निर्वाचन आयोग पुगेका छन्। उनले माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीलाई नै समर्थन जनाउन आयोग पुगेको बताएका छन्।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend