शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

पार्टी दर्ताका लागि आवश्यक संख्या पुग्छ की पुग्दैन ? यसो भन्छिन् रामकुमारी झाँक्री

पार्टी दर्ताका लागि आवश्यक संख्या पुग्छ की पुग्दैन ? यसो भन्छिन् रामकुमारी झाँक्री

 

काठमाडौं । माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले पार्टी दर्ताका लागि आफूहरूसँग आवश्यक संख्या रहेको बताएकी छिन् । झाँक्रीले बुधबार आफुहरु निर्वाचन आयोगमा सनाखत गर्न जाने स्पस्ट पारेकी छन् । उनले आफुहरुबीच कम्युनिस्ट आन्दोलनको पुनर्जागरण किन भन्ने विषयमा छलफल भइरहेको समेत बताएकी छिन् । मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत नेतृ झाँक्रीले आफुहरुबीच भएको छलफलको जानकारी गराएकी हुन् ।

उनले भनिन् ‘पार्टीको अन्तरिम बिधान, अन्तरिम नियमावली, पार्टीको घोषणा र कम्यूनिष्ट आन्दोलनको पुनर्जागरण किन ? भन्ने राजनीतिक विषयहरूको छलफलमा छौँ।”

उनले भनिन् ‘हामी भोली निर्वाचन आयोगमा सनाखत गर्नेछौँ। बाहिर चलेजस्तो कानुन बमोजिमको आवश्यक संख्या नपुग्ने भन्ने छैन। निर्वाचित केन्द्रीय कमिटी र सांसदहरूको संख्या पनि निवेदन दर्ताको दिन भन्दा बढेको छ।” सद्भावको लागि धन्यवाद !

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend