काठमाण्डौ । लामो विवादका विच आज नेकपा एमाले देश भरीका नेता कार्यकर्ताहरुलाई एकताको सन्देश दिएको छ । एमालेले देशभरका नेता तथा कार्यकर्ताहरुलाई खुशी बाँडदै पार्टी एकताको सन्देश दिएको हो ।
यस अघि माधव नेपाल समूहमा रहेर लामो समय सम्म बैठकमा नआएका र माधव नेपालले एमाले विभाजन गराए पछि माधव नेपाल सँग नगएका स्थायी कमिटी सदस्य सहितको बैठकले एमाले एक भएको सन्देश दिएको छ ।
आज तुलसीलाल आमात्य प्रतिष्ठानमा भएको एमाले स्थायी कमिटी बैठकले १० बुँदै सहमतीलाई कार्यान्वयन गरेर जाने सहमती गरेको छ । बैठकले पार्टी विभाजन गराएर नयाँ पार्टी विभाजन गराउँन हिँडेकाहरुलाई पनि एकतामा आउन आव्हान समेत गरेको छ ।
आजको बैठकले नेकपा एमालेको दशौं महाधिवेशन आगामी मंसिर १०, ११ र १२ गते आयोजना हुने भएको छ । माधव नेपाल छाडेर फर्किएका स्थायी कमिटी सदस्यसहितको बैठकले सहमतिका आधारमा महाधिवेशनको मिति तोकेको हो ।
त्यस्तै भदौ २७ र २८ गतेलाई तोकिएको विधान महाधिवेशन पनि सरेको छ । विधान महाधिवेशन असोज पहिलो ५ र ६ गते हुने भएको छ ।स्थानीय तहका अधिवशेनहरुको मिति पनि सारिएको छ ।
बैठकले सबै प्रदेश समन्वय कमिटी र जिल्ला कमिटीहरूलाई २०७५ जेठ २ अघिकै संरचनाबाट क्रियाशील हुन निर्देशन दिएको छ ।
भोली पार्टी एकताको सन्देश दिन पत्रकार सम्मेलनको पनि आयोजना गरिएको छ । भोलीको पत्रकार सम्मेलनमा एमाले अध्यक्ष केपी ओली सँगै अन्य महत्वपुर्ण नेताहरुले सम्बोधन गर्ने बताइएको छ । बैठक सकिए पछि पार्टी अध्यक्ष सहितका नेताहरुले सामूहिक फोटो खिचाएका थिए ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend