काठमाण्डौं । प्रधानमन्त्री शेरबहादुर देउवाले एक महिनापछि मन्त्रिपरिषद विस्तारको कामलाई पूर्णता दिन लागेका छन् । माधव नेपालले पनि छुट्टै पार्टी खोले सरकारलाई पूर्णता दिइ लामो समयको कार्य रोकावट र आलोचनाबाट देउवा बच्ने बिन्दुमा पुगेका हुन ।
प्राधानमन्त्री शेरबहादुर देउवाले आगामी शुक्रबारसम्म मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । त्यसका लागि उनले सत्तापक्षीय गठबन्धनका नेताहरुसँग छलफल गरिसकेका छन् ।
देउवालाई मन्त्रीको भाग लगाउन सकस परेको छ । काँग्रेसकै रामचन्द्र पौडेल पक्षले आफूलाई एक उपप्रधानमन्त्री चाहिने अडान राख्दै आएको छ । त्यस्तै माओवादी केन्द्र र जसपाबाट पनि एक एक उपप्रधानमन्त्री बनाउने तयारी भएको स्रोतले बतायो ।
जसपाबाट उपेन्द्र र माओवादीबाट नारायणकाजी श्रेष्ठलाई उपप्रधानमन्त्री बन्ने नेताको रुपमा हेरिएको छ । त्यस्तै यता माधव समूहबाट वामदेव गौतमको नाम चर्चामा छ ।
माओवादी केन्द्रीय कार्यालयमा आइतबार बसेको स्थायी कमिटी बैठकमा श्रेष्ठले आफू पदबाट राजिनामा दिने बताएका थिए ।
नारायणकाजी नेकपाबाट निर्वाचित राष्ट्रिय सभा सदस्य हुन्। यसअघि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को समेत प्रवक्ता रहेका श्रेष्ठ २३ फागुनको सर्वोच्च अदालतको फैसलापछि माओवादी प्रवक्ताको भूमिकामा छन्।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend