शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

एमाले स्थायी कमिटी बैठक जारी, माओवादी छोडेका नेताहरुको समेत सहभागीता

एमाले स्थायी कमिटी बैठक जारी, माओवादी छोडेका नेताहरुको समेत सहभागीता

??????????????????

 

 

 

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक जारी रहेको छ । ललितपुर च्यासलस्थित तुलसीलाल स्मृति भवनमा बसिरहेको बैठकमा एमालेका तेस्रो धारका नेताहरु पनि सहभागी भएका छन् ।
बैठक केही बेर अघि मात्रै सुरु भएको थियो । पार्टी अध्यक्ष केपी शर्मा ओली र तेस्रो धारा नेताहरुबीच सोमबार भएको छलफलपछि उनीहरु आजको बैठकमा सहभागी हुन तयार भएका हुन् ।

मंगलबारको स्थायी कमिटीको बैठक बस्न पूर्व पनि ती नेताहरु र ओलीबीच ओलीनिवास बालकोटमा पनि लामो छलफल भएको थियो ।

छलफलमा तेस्रो धारका नेताहरुले एकताका लागि गठित कार्यदलले तयार पारेको १० बुँदे प्रस्ताव कार्यान्वयन विषयमा छलफल भएको थियो । अध्यक्ष ओली सो कार्यान्वयनका लागि तयार भएपछि मात्र तेस्रो धारका नेताहरु बैठकमा सहभागी हुन तयार भएका थिए ।

जारी बैठकमा उपाध्यक्ष भीम रावल, अष्टलक्ष्मी शाक्य, उपमहासचिव घनश्याम भुसाल, योगश भट्टराई, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे, अमृत बोहरा र रघु जी पन्त, युवराज ज्ञवाली, भीम आचार्य सहभागी छन् ।

जारी स्थायी कमिटी बैठकले १० बुँदे प्रस्ताव कार्यान्वयनका लागि मोडालिटी तयार गर्नेछ ।

अध्यक्ष ओलीले पार्टी पूर्ण रुपमा २०७५ जेठ २ मा फर्किने बताएपनि जारी बैठकमा माओवादी छोडेका रामबहादुर थापा, टोपबहादुर रायमाझी, लेखराज भट्ट र मणिचन्द्र थापा समेत सहभागी भएका छन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend