सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

वायुसेवा निगम खतराको सूचिबाट हट्यो,कालो सूचिबाट कहिले हट्ला ?

वायुसेवा निगम खतराको सूचिबाट हट्यो,कालो सूचिबाट कहिले हट्ला ?

राष्ट्रिय ध्वजाबाहाक नेपाल बायुसेवा निगम अन्र्तराष्ट्रिय नागरिक उड्डयान संगठन आइकाओको कालो सूचिबाट हट्न सफल भएको छ । नेपाली आकासमा पटक—पटक हवाई दुर्घटना बढेको तथा सुधार गर्न नेपाल नागरिक उड्डयन प्रधिकारणलाई आग्रह गर्दा पनि सुनुुवाई नभएपछि आइकाओले नेपाल वायुसेवा निगमलाई खतराको सूचिमा राखेको थियो । त्यसपछि पटक पटक प्रयास गर्दा समेत नेपाल कालो सूचिबाट हट्न सकेको थिएन ।

नेपाल बायुसेवा निगम कालो सुचिमा पर्दा नेपाली हवाई आकास असुरक्षित छ भन्ने सन्देश विदेशी मुलुकमा पर्ने गरेको थियो । तर यसपटक भने नेपालको वायुसेवालाई खतराको सूचिबाट हटाउन सरकार सफल भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यानमन्त्री रवीन्द्र अधिकारीले अन्तराष्ट्रिय नागरिक उड्डयन संगठनले नेपालको वायु सेवालाई खतराको सूचीबाट हटाउन सफल भएको बताएका छन् ।

प्रतिनिधिसभाको बैठकमा उडान सम्बन्धी समसामयिक विषयमा उठेका जिज्ञासाका सम्बन्धमा बोल्दै नेपालको वायु सेवालाई सन् २०१३ मा गम्भीर सुरक्षा खतराको सूचीमा राखेकोमा हाल त्यसलाई हटाइएको बताए । यसले नेपालले सन् २०२० सम्म नेपालमा २० लाख पर्यटक भित्राउने अभियानमा सहयोग पुग्ने विश्वास गरिएको छ । अन्तराष्ट्रिय नागरिक उड्यन संगठन आइकाओले नेपालको हवाई सुरक्षाको खतराबाट हटाएपनि युरोपेली युनियनले भने कालोसूचिबाट अझै हटाएको छैन । युरोपेली देशबाट पनि नेपालमा प्रशस्त मात्रामा पर्यटक नेपाल आउने गर्दछन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend