राम प्रसाद रिजाल । भोली औपचारिक रुपमै नेकपा एकीकृत समाजवादी पार्टी दर्ता हुने छ । मान्छे सधै प्रभावशाली शक्तिशाली राष्ट्रबादी र जनप्रेमी हुन उसले लिने बाटो सधै सत्यको पक्षमा न्यायको पक्षमा हुनुपर्छ । गद्धदारहरु तानशाहीहरु भ्रष्टाचारीहरु राष्ट्रघाती कुलदोह्रीहरूको पछी लाग्नेहरू राजनीतिमा केहीबेर पनि टिक्न सक्दैनन । उनीहरुको राजनीति भबिश्य समाप्त हुने निश्ति छ ।
ओलीसंग बिकेर कार्यदलको सदस्यहरुले माधव कुमार नेपाललाई बाईपास गरेर एक पक्षीय ढंगले गरिएको १० बुदे सहमतिको नाटक नै एमाले विभाजन को प्रमुख कारण बन्यो । माधब नेपाललाई पाटी फुटाल्न उकास्ने गद्धदारहरु फेरि ओलीको टाङमुनी छिर्न गएका छन । कुनै राजनीति अडान नभएका ति नेता बाट जनताले कुनै आश नगरे पनि हुन्छ । तिनीहरु देश र जनताको हितमा राजनीति गरेका छैनन् , ति धोकेबाद हुन । जनताले तिनीहरुको हैसेयत राम्रो संग चिनिसके । यो भन्दा बढी के भन्ने ।
हिजो ओली संग एकता गर्नु हुदैन भनेर चर्को चर्को भाषण गर्नेहरूले आज ओलीसंग त्यसरीनै कुरा गर्न सकेको भए एमाले भाद्र नलागी नै एकता भैसक्थ्यो ।
माधव नेपाल पक्षका भीम रावल, योगेश भट्टराई लगाएतका कार्यदलका सदस्यहरुले नै एमाले पार्टी फुटाएका छन । कार्यदलका अधिकांस सदस्यहरु ओलीको लम्पसार परी पार्टीलाई विधिः विधानमा हिडाएर बलियो बनाउने भन्दा पनि पार्टी एकताको नाममा ओलीसंग व्यक्तिगत डिलिङ्ग गरेकोले वार्तालाई पार्टी एकता भन्दा आफ्नो व्यक्तिगत मनोकांक्षा पुरा गर्न नेपाल पक्षका कार्यदलका सदस्यहरु लाग्दा ओलीलाई पार्टी विभाजन गर्न झन हौसाएकोले ओली पार्टी एकता नगर्ने मनशायले एक पक्षीय ढंगले महत्वपूर्ण निर्णय गरी माधव नेपाल र झलनाथ पक्षलाई एमालेमा छिर्ने झ्याल ढोका नै ओलीले बन्द गरेर एमाले विभाजन गरेका छन । यो कुरा कसैले भुल्नु हुदैन ।
असंवैधानिक तरिकाले संसद विघटन गरेपछि ओलीले प्रधानमंत्री पद त्यस बेला छोडेको भए एमाले त के नेकपानै आज सिङ्गै हुन्थ्यो । त्यसोभएकोले ओली एमाले एकता साच्चै नी चाहेको हो भने ओलीले नैतिकताको आधारमा एमाले अध्यक्ष मात्र होईन राजनीति बाटै विश्राम लिनु पर्छ तर ओलीलाई यत्रो कम्युनिस्ट पार्टी धुजा धुजा बनाएकोमा कुनै पश्चाताप गल्ती ओलीले महशुश नगरी ओली अझै अहंकारको बलमा उल्टो दिशामा हिडेकोले ओली एमाले पार्टीमा रहुन्जेल एमाले एकता हुनै सक्दैन । बरू मेरो सास छोड्न सक्छु नेता नेपालको साथ छोड्न सक्दिन । माधव पक्षका कार्यदलका सदस्य हरु पार्टी एकता को नाममा आफ्नो पदको बार्गेनिंग गर्दा पार्टी फुटेको हो ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend