शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

माधब नेपाललाई योगेशले दिए यस्तो संज्ञा, एक छिनमै देशभरी तरंग

माधब नेपाललाई योगेशले दिए यस्तो संज्ञा, एक छिनमै देशभरी तरंग

 

काठमाण्डौ नेकपा एमालेका सचिव योगेश भट्टराईले अहिले माधवकुमार नेपालले नयाँ पार्टी गठन गर्नु कुनै पनि अर्थमा सान्दर्भिक नभएको बताएका छन । उनले माधवकुमार नेपालले खोल्ने तयारी गरेको एकीकृत समाजवादी पार्टीलाई तेस्रो एमालेको संज्ञा दिए । उनले एमालेकै विचारधाराका साथ खुल्न लागेको भन्दै नेपालको पार्टीलाई तेस्रो एमाले बताएका हुन् । एक रेडियोसँगको अन्तर्वार्तामा योगेशले मंगलबार विहान यस्तो बताएका हुन ।

उनले भने, ‘दल विभाजनका लागि ४० प्रतिशतबाट घटाएर २० प्रतिशतमा ल्याउन अध्यादेश ल्याउन पर्ने नै थिएन ।’ उनले नेपालले हतार नगरेको भए वा नयाँ दलको गठनका लागि आवश्यकता देखेको भए आफूहरु पनि उनीसँगै मिलेर नयाँ पार्टी बनाउन तयार हुने अवस्थामा रहेको पनि बताएका छन् ।

भट्टराईले अहिले नयाँ पार्टीको कुनै आवश्यकता नभएको भन्दै नेपालको पार्टी अहिलेको एमालेकै फोटोकपी भएको पनि बताएका छन् ।

‘केपी शर्मा ओली नेतृत्वको एमाले पहिलो हो, प्रचण्ड नेतृत्वको माओवादी केन्द्र दोस्रो एमाले हो र माधवकुमार नेपालले खोल्न लागेको पार्टी तेस्रो एमाले हो,’ भट्टराईले भने, ‘यो एमालेको फोटोकपी हो, यसको आवश्यकता छैन भनेर मैले उहाँलाई भनेको थिएँ ।’

उनले नयाँ पार्टी खोल्न नेपालले हतार गरेको पनि प्रतिक्रिया दिएका छन् ।

यसअघि नेकपा एमालेमा माधवकुमार नेपाललाई नै साथ दिँदै आएका भट्टराई पछिल्लो समय एमाले अध्यक्ष ओलीसँग नजिकिएका छन् । उनीलगायत नेकपा एमालेमा नेपाल समूहका नेताहरुले यसअघि ३ साउनमा प्रधानमन्त्रीमा शेरबहादुर देउवाले विश्वासको मत माग्दा विश्वासको मत दिएका थिएनन् ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend