काठमाण्डौ । सत्तारुढ दल नेपाली काँग्रेसको आगामी १४औं महाधिवेशनमा सभापतिमा उम्मेदवार छनोट गर्न रामचन्द्र पौडेलले आफू पक्षीय बैठक राजधानीको एक होटलमा बोलाएका छन । बैठक अझै जारी रहेको एक नेताले जानकारी दिए ।
आजको बैठकमा नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्यहरु शेखर कोइरालालगायतका नेताहरु उपस्थित रहेका छन् ।
पार्टीभित्रको आन्तरिक विवाद कायम रहेका कारण काँग्रेसले महाधिवेशन तालिका पटकपटक सार्दै आइरहेको छ ।
पछिल्लो समय पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच विवाद बढ्दै गएको छ । केही दिन अगाडी नेता पौडेलले आफू पक्षीय जिल्ला सभापतिहरुको भेला आयोजना गरेका थिए ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend