काठमाण्डौं । नेकपा एमालेका प्रचार विभाग उपप्रमुख सूर्य थापाले माधवकुमार नेपालसहित १४ जना सांसदमाथि गरिएको कारबाही पनि फिर्ता नहुने बताएका छन् । ।
आइतबार हिमालय टेलिभिजनको कार्यक्रम समय सन्दर्भमा बोल्दै थापाले यस्तो बताएका हुन । थापाले भीम रावलसहित ५७ जनाले दिएको अल्टिमेटमको कडा प्रतिकार गरेका छन् । थापाले १० बुँदे सहमति कार्यान्वयन भइसकेको भन्दै सके विद्रोह गरेर देखाउन चुनौती समेत दिएका छन् ।
भीम रावल, घनश्याम भुसाललगायतका एकतावादी नेताहरुले अध्यक्ष केपी शर्मा ओलीलाई दिएको अल्टिमेटमप्रति लक्षित गर्दै उनले एकता चाहेको कि विभाजन ? भनेर प्रश्न गरेका छन् ।
माधव नेपालले पार्टी छाडेर केही नभएको भन्दै थापाले दल विभाजन हुने गरी सरकारले ल्याएको अध्यादेशको विरोध नगरेको भन्दै एकता पक्षधर नेताहरुप्रति आपत्ति जनाए ।
भीम रावलसहितका नेताले भदौ ८ गतेसम्म १० बुँदे सहमति कार्यान्वयन नगरे विद्रोह गर्ने चेतावनी दिएका छन् । ओलीनिकट थापाको सो अभिव्यक्तिलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend