शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

कांग्रेसको क्रियाशील सदस्यताबारे विवाद के भयो ? सभापतिलाई प्रतिवेदन कहिले बुझाउँने ? यसो भन्छन् रमेश लेखक

कांग्रेसको क्रियाशील सदस्यताबारे विवाद के भयो ? सभापतिलाई प्रतिवेदन कहिले बुझाउँने ? यसो भन्छन् रमेश लेखक

फाइल तस्बिर

काठमाडौँ । नेपाली कांग्रेसको क्रियाशील सदस्यता विवाद समाधानका लागि गठित कार्यदलले सबै विवाद समाधान भएको दाबी गरेको छ । कार्यदलका सदस्य रमेश लेखकले विवाद टुंगिएको र आज आइतबार नै सभापति शेरबहादुर देउवालाई प्रतिवेदन बुझाउने तयारी रहेको जानकारी दिए ।

लेखक संयोजक रहेको क्रियाशील सदस्यता विवाद समाधान समितिले विवाद कायमै राखेर सभापतिलाई प्रतिवेदन बुझाए पनि पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको संयोजकत्वमा कार्यदल गठन भएको थियो ।

पहिल्यै पनि म संयोजक भएको समितिले अधिकांश विवाद समाधान गरिसकेको थियो । केही बाँकी भएको ठाउँमा पनि टुंगियो,’ लेखकले भने, ‘१०० प्रतिशत काम सकियो । अब आज सभापतिलाई प्रतिवेदन बुझाउने तयारी भएको छ । आज नेताहरुको समय भएन भने भोलि प्रतिवेदन बुझाउँछौँ ।’

कांग्रेस केन्द्रीय समितिको बैठकले सिटौला, केन्द्रीय सदस्यद्वय डा मिनेन्द्र रिजाल र रमेश लेखकलाई भदौ ३ भित्र क्रियाशील विवाद समाधान गरेर प्रतिवेदन बुझाउन भने पनि कार्यदलले ढिलो गरी प्रतिवेदन बुझाउ लागेको हो ।

यसअघि लेखक संयोजक रहेको समितिले साउन १२ गते प्रतिवेदन बुझाएको थियो । विवाद समाधान नहुँदा भदौ १६ गतेको लागि तोकिएको महाधिवेशन नै प्रभावित भयो । कांग्रेस १४ औँ महाधिवेशन मंसिरलाई सारिएको छ । वडा तहको अधिवेशन भने भदौ १८ गते हुने भनिएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend