शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

माधब नेपाललाई थप सहज, एमालेको २०३ सदस्यीय केन्द्रीय कमिटीलाई नै निर्वाचन आयोगको मान्यता

माधब नेपाललाई थप सहज, एमालेको २०३ सदस्यीय केन्द्रीय कमिटीलाई नै निर्वाचन आयोगको मान्यता

काठमाण्डौं । निर्वाचन आयोगले नेकपा एमालेको २०३ सदस्यीय केन्द्रीय कमिटीलाई मान्यता दिने भएको छ ।
आयोगले कानुनअनुसार दल दर्ता गर्दाको पार्टीको विधान र त्यस बखत आयोगमा रेकर्ड भएका केन्द्रीय सदस्यको आधारमा अघि बढ्ने आयोगको तयारी गरेको हो ।

गत मंगलबार एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेका केन्द्रीय सदस्यहरूको नाम थपेर २०३ को ठाउँमा २६० पारेर आयोगलाई विवरण बुझाएका थिए । तर आयोगले एमालेले केन्द्रीय सदस्यको विवरण अद्यावधिक गरेर पठाएको २६० सदस्य संख्यालाई तत्काल मान्यता नदिने भएको हो ।

नेता माधवकुमार नेपालले निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएको अवस्थामा आयोगले एमालेको २०३ सदस्यीय साबिककै केन्द्रीय कमिटीलाई मान्यता दिने भएको हो ।

आयोगले नेपाल पक्षलाई फरक पार्टी ‘नेकपा एकीकृत समाजवादी’ दर्ताका लागि सनाखत गर्न आगामी भदौ ९ गते बोलाएको छ । सनाखतका क्रममा नेपाल पक्षले अब २६० को २० प्रतिशत नभई २०३ बाटै २० प्रतिशत पु¥याउँदा हुने भएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend