सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

काठमाडौंमा आजपनि कोभिड–१९ विरुद्धको खोप लगाउने क्रम जारी

काठमाडौंमा आजपनि कोभिड–१९ विरुद्धको खोप लगाउने क्रम जारी

काठमाडौं । काठमाडौंमा आइतबार पनि कोभिड–१९ विरुद्धको खोप लगाउने क्रम जारी रहेको छ । शुक्रबारदेखि ४० वर्ष माथिका र परिक्षा प्रवेश पत्रको आधारमा कक्षा ११ र १२ का परिक्षार्थीहरुलाई काठमाडौंका विभिन्न खोप केन्द्रबाट कोभिड–१९ विरुद्धको खोप एस्ट्राजेनिका लगाउन सुरु गरिएको थियो ।

आइतबारपनि विद्यार्थीहरु तथा ४० वर्ष माथिका व्यक्तिहरु खोप लगाउनका लागि लामवद्ध भएका छन् । शुक्रबारदेखि काठमाडौं महानगरपालिकाको ३२ वडाका खोप केन्द्रका साथै राधा स्वामी आइसोलेशन सेन्टर, सशस्त्र प्रहरी बल अस्पताल, वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, निजामती कर्मचारी अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, नेपाल प्रहरी अस्पताल र वीरेन्द्र सैनिक अस्पतालमा पनि खोप केन्द्र सञ्चालन गरिएको छ । खोप लगाएर मात्रै परिक्षा सञ्चालन गर्न शिक्षा मन्त्रालयलाई दबाब बढेसँगै शुक्रबारदेखि विद्यार्थीहरुका लागि खोप उपलब्ध गराइएको हो ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend