शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

मौन बसेका रिजालले आज मुख खोले,भन्छन्- माधव नेपालको साथ छोडेको छैन

मौन बसेका रिजालले आज मुख खोले,भन्छन्- माधव नेपालको साथ छोडेको छैन

 

 

काठमाण्डौं । केही दिन अघि पाटी एकताका लागी एमाले जिन्दावाद भन्दै स्टाटस लेखेर सामाजिक संजाल देखि बिभिन्न अनलाइन समाचारमा चर्चामा आएका राम प्रसाद रिजालले  माधब नेपालको पक्षमै रहेको जनाएका छन् ।  आज सामाजिक सञ्जालमा स्टाट्स लेखेर सो कुरा जनाएका हुन ।

उनले केही दिन अघि एमाले जिन्दावाद भन्दै एउटा स्टाटस् लेखेर पोष्ट गरेका थिए । सो पोष्ट पछि उनको बिरोध, समर्थन र आलोचना भइरहेको थियो । त्यस पछि मौन बसेका रिजालले आज मुख खोलेका छन । उनले सामाजिक सञ्जालमा केही दिन देखि मेरो बारेमा आईरहेका टिकाटिप्णी प्रति मेरो गम्भीर ध्यानाकर्षण भएको बताएका छन ।

उनले भने,’ सामाजिक सञ्जालमा केही दिन देखि मेरो बारेमा आईरहेका टिकाटिप्णी प्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । मैले कमरेड माधव कुमार नेपालको साथ छोडेको भनेर सामाजिक सञ्जालमा लेखेकौ छैन । मेरो आशाय एमाले पार्टीलाई एकताबद्ध बनाउनु पर्छ भन्ने नै हो  । त्यसको लागि एमाले अध्यक्ष केपी ओलीले राजीनामा दिएर केही दिनमा मार्ग प्रशस्त गर्नै पर्छ वा नेता नेपाललाई र ओलीलाई समान अधिकार दिएर पार्टी एकता गर्नै अन्तिम प्रयास भैरहेको छ त्यसमा दुबै पक्षका कार्यदल लागेको अवस्था छ । पार्टीलाई विधिः सिद्धांत र पद्धति सहित एकता गर्न ओली तयार नभए पार्टीमा ओली अल्पमतमा पर्ने भएकोले ओलीले आफ्नो खुट्टामा अझै बन्चरो हान्दैनन् होला ।अन्तमा म नेता नेपालको साथमा रहेको र पछिल्लो राजनीति घटना परिस्थिति बारेमा नेता नेपाल संग आफ्नो संवाद भैरहेको समेत जानकारी गराउंछु । साथै हाम्रो घरमा भतिजीको मृत्यु भएकोले म केही दिन मौन बसेको हो । कुनै परिस्थितिबस लेखिएको एउटा स्टाटस् लाई हेरेर कसैको मूल्यांकन गर्नु टिकाटिप्णी गर्नु सान्दर्भिक हुदैन। राजनीति यात्रा सधै सिधा हुदैन कहिले बाङ्गो र घुमाउरो पनि हुन्छ ।’

यस्तो छ उनले लेखेको स्टाट्स

सामाजिक सञ्जालमा केही दिन देखि मेरो बारेमा आईरहेका टिकाटिप्णी प्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । मैले कमरेड माधव कुमार नेपालको साथ छोडेको भनेर सामाजिक सञ्जालमा लेखेकौ छैन । मेरो आशाय एमाले पार्टीलाई एकताबद्ध बनाउनु पर्छ भन्ने नै हो ।त्यसको लागि एमाले अध्यक्ष केपी ओलीले राजीनामा दिएर केही दिनमा मार्ग प्रशस्त गर्नै पर्छ वा नेता नेपाल लाई र ओलीलाई समान अधिकार दिएर पार्टी एकता गर्नै अन्तिम प्रयास भैरहेको छ त्यसमा दुबै पक्षका कार्यदल लागेको अवस्था छ । पार्टी लाई विधिः सिद्धांत र पद्धति सहित एकता गर्न ओली तयार नभए पार्टी मा ओली अल्पमत पर्ने भएकोले ओलीले आफ्नो खुट्टामा अझै बन्चरो हान्दैनन् होला ।अन्तमा म नेता नेपाल को साथमा रहेको र पछिल्लो राजनीति घटना परिस्थिति बारेमा नेता नेपाल संग आफ्नो संवाद भैरहेको समेत जानकारी गराउंछु । साथै हाम्रो घरमा भतिजीको मृत्यु भएकोले म केही दिन मौन बसेको हो । कुनै परिस्थितिबस लेखिएको एउटा status लाई हेरेर कसैको मूल्यांकन गर्नु टिकाटिप्णी गर्नु सान्दर्भिक हुदैन। राजनीति यात्रा सधै सिधा हुदैन कहिले बाङ्गो र घुमाउरो पनि हुन्छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend