शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

भीम रावलसहितका मध्यमार्गी यी शक्तिशाली नेताहरुले गदै छन यस्तो निर्णय

भीम रावलसहितका मध्यमार्गी यी शक्तिशाली नेताहरुले गदै छन यस्तो निर्णय

 

 

काठमाण्डौं । माधव कुमार नेपालले बुधबार नेकपा एमाले (समाजवादी) पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएपछि एमाले औपचारिक रुपमा विभाजित बनेको छ ।

यसैबीच, एमालेमा ९ जना नेताहरु भने तेस्रो धारमा देखिएका छन् । विहीबार राति अबेरसम्म बैठक गरेर विज्ञप्तिमार्फत आफ्नो पोजिसन स्पष्ट पारेका छन् । उनीहरुले शुक्रबार आफ्नो समूहका केन्द्रीय सदस्यहरुसँग थप छलफल गरेर लाइन स्पष्ट पार्ने निर्णयसमेत गरेका छन् ।

माधव नेपालले बुधबार नेकपा एमाले (समाजवादी) पार्टी बनाएर निर्वाचन आयोगमा आवेदन दिएपछि उनलाई साथ नदिएका तर ओली पक्षमा पनि लाग्न नसकेका मध्यमार्गी नेताहरुले तेस्रो धार जन्माएका हुन् ।

तेस्रो धारका नेताहरुमा भीम रावल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, योगेश भट्टराई, भीम आचार्य, गोकर्ण विष्ट, रघुजी पन्त र सुरेन्द्र पाण्डे छन् । उनीहरुले अध्यक्ष ओलीको कारवाही, अध्यादेश र माधव नेपालले पार्टी दर्ताका लागि दिएको निवेदनको विरुद्धमा आवाज उठाउदै १० बुँदे माग पालना हुनुपर्ने शर्त राखेका छन् ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend