सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

भ्रष्टाचार मुद्दामा फरार पूर्वअनुसन्धान अधिकृत सीआईबीको फन्दामा

भ्रष्टाचार मुद्दामा फरार पूर्वअनुसन्धान अधिकृत सीआईबीको फन्दामा

नेपालमा भ्रष्टचार मौलाउदै गएको छ । भ्रष्टचार नियन्त्रण गर्ने निकायहरुले भ्रष्टचार गर्नेको संख्या दिन प्रतिदिन बढदै गएको बताउदै आएका छन् । यस्तै लामो कसरत पछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले भ्रष्टाचार मुद्दामा फरार सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका पूर्व अनुसन्धान अधिकृतलाई पक्राउ गर्न सफल भएको छ ।

धादिङको नौविसे– घर भइका ५२ वर्षीय शम्भुप्रसाद चालिसे प्रक्राउ परेको प्रहरीले जनाएको छ । उनलाई खोजी गर्ने क्रममा बिहीबार कलंकीबाट सीआईबीले पक्राउ गर्न सफल भएको हो । उनलाई प्रहरीले खोजिरहेको थियो । ३ बर्ष अघि उनले शुद्धिकरण सम्बन्धी मुद्दा मिलाएर सफाइ दिन्छु भन्दै १० लाख रुपैयाँ घुस मागेको उजुरी परेको थियो । उनी अदालतले दोषी ठहर गर्दै फैसला सुनाएपछि उनी फरार थिए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend