शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

यस्तो फोटो जोडेर आएपछि सांसद विमला वली आश्चर्यचकित, भन्छिन् चरित्र हत्या गर्ने दुष्प्रयास गरियो

यस्तो फोटो जोडेर आएपछि सांसद विमला वली आश्चर्यचकित, भन्छिन् चरित्र हत्या गर्ने दुष्प्रयास गरियो

 

काठमाण्डौ ।   चुम्बन गरिरहेको यस्तो फोटो भाइरल भएपछि लुम्बिनी प्रदेश सभाकी सांसद विमलाकुमारी खत्री (वली) मुख खोल्न बाध्य भएकी छिन् । वाईसीएल कार्यकर्ता एकराज बस्नेत र आफू सँगै रहेको फोटो जोडजाड पारेर आफ्नो चरित्र हत्या गर्न खोजिएको भन्दै उनले आपत्ति जनाएकी हुन्।

सांसद वलीले बस्नेतको गालामा चुम्बन गरिरहेको तस्बिरका कारण वलीबारे यतिबेला नकारात्मक टिकाटिप्पणी भइरहेको छ । राजनीतिक प्रतिशोध साँधेर फसाउन खोज्ने झुण्डले आफ्नो चरित्र हत्या गर्न खोजेको सांसद वलीको दाबी छ। वाईसीएल कार्यकर्ता एकराज बस्नेत विवाहित हुन्।

‘साइबर स्याल’हरूबाट चरित्र हत्याको दुष्प्रयास भएको दाबी गर्दै उनले यसमा संलग्नहरूलाई कारबाही गर्न सम्बन्धित निकायसँग मागसमेत गरेकी छन्।

‘सामाजिक सञ्जालमा मेरो फोटोलाई फोटोसपबाट मिलाएर जुन किसिमले चरित्र हत्या गर्ने दुष्प्रयास गरियो यसको म कडाभन्दा कडा निन्दा गर्न चाहान्छु,’ उनले विज्ञप्तिमा भनेकी छन्, ‘एकाएक मेरो फोटो जोडेर आउँदा म आफैं आश्चर्यचकित भएकी छु। म यो घटनामा सम्बन्धित छैन र जानकार पनि छैन।’

एमालेले आफूसँगै रहन तीव्र दबाब दिएकी सांसद वलीले पत्रकार सम्मेलन गरी आफू माओवादी केन्द्रमै रहेको घोषणा गरेकी थिइन्। लुम्बिनी प्रदेशमा एमाले नेता शंकर पोखरेलको सरकार ढाल्न पनि उनी नै निर्णायक भएकी थिइन्।

‘माओवादी केन्द्र रोजेपछि केही तत्वहरुबाट ममाथि पटक–पटक आक्रमण गर्ने प्रत्यत्न गरिरहेका थिए, मुख्यमन्त्री कार्यालयमा एक हप्ता बन्धक बन्नु पनि त्यसैको उपज थियो,’ सांसद वलीले विज्ञप्तिमा लेखेकी छन्, ‘अहिले पनि पटक–पटक मलाई पार्टी परित्याग गर्न दवाब आइरहेको थियो। तर, म आफ्नो पार्टीप्रति प्रतिबद्ध हुँदा मेरो राजनीतिक जीवनलाई धरापमा पार्ने दुष्प्रयास स्वरूप नै मेरो चरित्र हत्या गर्न खोजिएको हो। यसमा कोही पनि भ्रममा नपर्न अनुरोध गर्दछु।’

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend