शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

यी प्रभावशाली नेता संगै सम्धीले समेत छाडे माधव नेपालको साथ !

यी प्रभावशाली नेता संगै सम्धीले समेत छाडे माधव नेपालको साथ !

फाइल फोटो

 

काठमाण्डौ । माधव नेपालको पक्षमा रहेका दोस्रो तहका नेताहरुले पार्टी एकताको पक्षमा भन्दै नेपालको साथ छोडेका छन् । नयाँ दल दर्ताको प्रक्रियासँगै एमालेको माधव नेपाल समूह पनि विभाजित भएको हो ।

नेपाल समूहमा रहेका स्थायी कमिटी सदस्यमध्ये वेदुराम भुसाल र मुकुन्द न्यौपानेले मात्र माधब नेपाललाई साथ दिएका छन् । युवराज ज्ञवाली, भीम रावल, अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, भीम आचार्य, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे, योगेश भट्टराई, रघुजी पन्त र अमृत कुमार बोहोराले नेपालको साथ छाडेका हुन् ।

उपाध्यक्ष वामदेव गौतमले नयाँ पार्टी गठनमा हस्ताक्षर गर्नु भएको छैन भने नेता झलनाथ खनालको पनि आधिकारिक निर्णय आइसकेको छैन । नेपाल समूहले नयाँ दल दर्ता गर्दा नाम भएका प्रदीप नेपालले आफू कुनै पक्षमा नरहेको बताइसक्नुभएको छ ।

यस्तै नेताहरु ठाकुर गैरे, अरुण नेपाल, परशुराम मेघी, श्रीमाया थकाली, जीवन घिमिरे, टङ्क कार्की, ममता गिरी, यज्ञराज सुनुवार, सीता गिरी, नरेश खरेल, झपट रावल, कमलजंग राई दनुवार, गणेश पहाडी, प्रकाश शाह, माधव अर्याल, रचना खड्का, राजन राई, राजबहादुर बुढा, सुरेन्द्र मानन्धर, कृष्ण खनाल, हरिबहादुर राई, रविन कोइराला, केदार न्यौपाने, सोमप्रसाद पाण्डे र भानुभक्त जोशीले पनि नयाँ दल दर्ता प्रक्रियामा नेपालको साथ छाडेका छन् ।

फागुन २३ गते सर्वोच्च अदालतबाट नेकपा एमाले ब्युँतिदा ८९ जना केन्द्रीय सदस्यको साथ पाएका माधवकुमार नेपालले पार्टी विभाजन गर्दा ३६ जना केन्द्रीय सदस्यको साथ गुमाउनु परेको छ।

नेपालले दल दर्ताका लागि निवेदन दिएको एमाले समाजवादीको ९५ सदस्यीय केन्द्रीय समितिमा साविक एमालेका ५८ जना केन्द्रीय सदस्य समेटिएका छन् । पार्टी विभाजनको बेला आइपुग्दा नेपालसँग रहेका दोस्रो र तेस्रो पुस्ताका प्रभावशाली नेताहरुले साथ छोडेका छन् ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend