शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

एमाले अध्यक्ष ओलीले आज भक्तपुरमा बिशेष सम्बोधन गर्ने

एमाले अध्यक्ष ओलीले आज भक्तपुरमा बिशेष सम्बोधन गर्ने

फाइल तस्विर

 

काठमाडौ । पुर्वप्रधानमन्त्री एवम नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज भक्तपुर जिल्लाका नेता कार्यकर्तालाइ सम्बोधन गर्ने भएका छन । इम्पेरीयल बैंक्वेट, सल्लाघारी भक्तपुरमा दिउँसो २ बजेदेखी कार्यक्रम हुने बताईएको छ। पार्टी केन्द्रिय सदस्य तथा पुर्वमन्त्री महेश बस्नेत, पार्टी केन्द्रिय सदस्य तथा भक्तपुर जिल्ला इन्चार्ज सोम मिश्र ,भक्तपुर जिल्ला एमाले अध्यक्ष वचन देउजा लगाएतका नेताहरु बोल्ने कार्यक्रम रहेको छ ।

पार्टीको पछिल्लो गतिविधि र राजनैतिक घटनाक्रममा  आफनानेता कार्यकर्तालाइ बिचलित नहुनका लागि सन्देश दिनपनी यो कार्यक्रम गरिएको बुझिएको छ। माधव कुमार नेपाल एमालेबाट अलग भएर नया पार्टी दर्ता गरेसगै अब नेकपा एमालेमा रहेको किचलो टुङ्गिएको छ । आज हुने यस कार्यक्रमबाट अध्यक्ष ओलीले देशभरिका  आफना नेता कार्यकर्तालाइ बिशेष सम्वोधन मार्फत निर्देशन दिने बुझिएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend