शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

माधव नेपालको समाजवादी पार्टी नचल्ने ठोकुवा, बीपीसँग केपीको तुलना !

माधव नेपालको समाजवादी पार्टी नचल्ने ठोकुवा, बीपीसँग केपीको तुलना !

 

 

केपी शर्मा ओलीको प्रधानमन्त्री कालमा प्रेस सल्लाहकार भएका सूर्य थापाले विगतमा नेपाली काँग्रेसको इतिहास सम्झिँदै बीपी कोइरालासँग केपी ओलीको तुलना गरेका छन् ।

उनले बुधवार दिउँसो ट्वीट गर्दै भनेका छन्, ‘बीपीलाई कमजोर पार्न मातृका र केपीलाई सत्ताच्यूत र कमजोर गर्न माधवलाई उपयोग गरेको स्पष्टै छ ।’ उनले २००७ सालदेखि नै विभाजित भई खुलेका खुद्रा दुकान नचलेको बताउँदै माधव नेपालको समाजवादी पार्टी नचल्ने ठोकुवा गरेका छन् ।

थापा ट्वीटमार्फत अगाडि भन्छन्, ‘२००७ सालदेखि नै विभाजित भई खुलेका खुद्रा दुकान चलेका छैनन् । न मातृका कोइराला नेतृत्वको राष्ट्रिय प्रजा पार्टी चलेको इतिहास रहेको छ,नत माधव कु। नेपालको स्वघोषित ‘समाजवादी’ नै चल्नेछ ।’

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend